एकीकृत समाजवादीको सचिवालय बैठक जारी
नेकपा (एकीकृत समाजवादी) को ७६ औं सचिवालय वैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो ।
वैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्ष दावी गर्दै आएको छ । तर गठबन्धनमा कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने पूर्व सहमति भएको कतिपय नेताहरुको भनाइ छ ।