‘यो जग्गा यति लफडापूर्ण होला भन्ने थाहै थिएन’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीसँग सल्लाह गरेर नै आफू युरोप भ्रमणमा निस्किएको बताएका छन्। ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पिरामिडको उपल्लो तहमा पनि छानबिन गर्नू भनी आदेश दिएको भोलिपल्ट नै उनी स्वीटजरल्याण्ड भम्रणमा निस्किएका थिए । त्यसैमा पनि आलोचना खेपेका नेपालले अनलाइनखबरसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डसँग परामर्श गरेर आएको बताए ।
‘प्रधानमन्त्रीज्यूसँग म विदेश जाने वा नजानेबारे परामर्श लिएको हुँ। तपाई देशको प्रधानमन्त्री हो, नभए फेरि असमझदारी होला। अविश्वास बढ्ला। आशंका बढ्ला। निश्चिन्त भएर विदेश जानुहोस्। कसैले सोध्यो भने तपाईले जवाफ दिए हुन्छ भनेपछि आएको हुँ’ अन्तर्वार्ताका क्रममा नेता नेपालले भने ।