‘केही त बोली देउन’मा मोबिन र सुनिताको रोमान्स ( भिडियो )
अमेरिकामा बसेर फिल्मनिर्माण सम्बन्धिअध्ययन गरिरहेका बिक्रम साम्पाङको शब्दमा रहेको ’केही त बोली देउन’बोलको म्युजिक भिडियो सार्वजनिकभएको छ।
गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको यस गीतलाई शंकर थापा ’स्माइल’ले संगीतवद्द गरेका हुन्। गीतमाविश्वअधिकारीको संगीत संयोजन रहेको छ।
भिडियोमा मोबिन सुब्बा र सुनिता डाँगीबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। मोबिन अमेरिकामा पाइलट विषयअध्ययन गरिरहेका छन्। भिडियोको सम्पूणर् छायाँकन अमेरिकामा गरिएको हो जसलाई राजमाझीले खिचेका हुन्। सुस्मिता राई सहायकनिर्देशक रहेको भिडियोलाई बिक्रम साम्पाङको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।
यसअघि बिक्रमको शब्दमा रहेको ’अतालिन्छ यो मन’बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। नयाँ भिडियो ’न्यु क्रियशनप्रोडक्शन’ नामक युट्युवच्यानलमार्फत सार्वजनिकभएको हो।
निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रियादिन सबैलाई आग्रह गरेको छ।