सीताको निधन भारतीय संचारमाध्यमको प्राथमिकतामा
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्ड पत्नी सीतादाहालको निधनलाई भारतीय संचार माध्यमले प्राथमिकतका साथ छापेका छन् ।
आजविहान६९ वर्षको उमेरमा सीताको निधनभएको विषयलाई अधिकांस भारतीयअनलाईनले प्राथमिकताका साथ छापेका हुन् । द हिन्दुको अनलाईन संस्करणले, नेपालप्राइम मिनिष्टर प्रचण्डज् वाईफ सीतापास अवे शीर्षकमा समाचार छापेको छ । त्यस्तै इन्डिया टिभी, जीविजनेश, इन्डिया टुडे, न्युज एटिन, आउटलुक, जागरण, हिन्दुस्तान टाइम्स, द टेलिग्राफ इन्डिया, एएनआईलगायतका सञ्चारमाध्यमको अनलाईन संस्करणमा प्रचण्ड पत्नी सीताको फोटोसहितको समाचार छापेका छन् ।
अधिकासंले सिताको पार्किन्सन जस्तो देखिने दुर्लभ मष्तिक रोगबाट निधनभएको उल्लेख गरेका छन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले वितेको १० वर्षमा परिवारका महत्वपूणर् तीन सदस्यगुमाएको कुरालाई हाइलाइट गरेका छन् ।