राजस्व र व्यय माथिको छलफलमा उठेको प्रश्नको अर्थमन्त्री महतले जवाफ दिदै
काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा आज(शुक्रवार) पनि राजस्व र व्ययमाथिको छलफल जारी रहनेछ ।
संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक बिहान ११ः३१ बजे शुरु हुने छ ।
सरकारले गत जेठ १५ मा आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि बजेट सार्वजनिक गरेको थियो । सोहि बजेटको सन्र्दभमा राजस्व र व्यय माथिको छलफलमा दुवै सदनमा सांसदहरुले आ–आफ्ना धारणा राख्दै आएका छन् ।
आजपनि राष्ट्रिय सभाका सांसदहरुले आफ्नो धारणा राख्ने र सो माथि उठेको प्रश्नको जवाफ अर्थमन्त्री प्रकाश शरण महतले दिने कार्य सूची तय भएको संसद सचिवालयले उल्लेख गरेको छ ।