ललितपुर तयारी पोशाक व्यापार संघले २५ औं रजत महोत्सव भव्य रुपमा मनाउने
काठमाडौं । ललितपुर तयारी पोशाक व्यापार संघले २५ औं बर्ष (रजत महोत्सव ) विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।
आज सोमबार जावलाखेलमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर तयारी पोशाक व्यापार संघका अध्यक्ष मिलन श्रेष्ठले संघ स्थापनाको २५ औं वर्ष भव्य रुपमा सम्पनन गरिने जानकारी दिए ।
उनले भने, ‘यो संस्था ललितपुर जिल्लामा व्यवसाय गर्ने तयारी पोशाक, ब्याग र कस्मेटिक्स व्यवसायीहरुको हक हित र अधिकार प्राप्ती र संरक्षण गरि सामाजिक कार्यहरु गर्नको लागि स्थापना गरिएको संस्था हो । उक्त उद्देश्यहरु प्राप्त गर्न २५ वर्षसम्म धेरै आवाज उठाउदै धेरै काम गरेर व्यवसायीहरु बीच भाइचाराको सम्बन्ध अभिवृद्धि र सद्भाव कायम गर्नुका साथै ललितपुरका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहकार्यमा विभिन्न सामाजिक क्रियाकलापहरु संचालन गर्नुको साथै समृद्ध राष्ट्र निर्माणको लागी व्यवसायी मैत्री वातावरण बनाउन पहल कदमी भूमिका निर्वाह गर्दै आएका छौ ।’
२५ औं वार्षिकोत्सवको सन्र्दभ पारेर ललितपुर महानगरपालिकासंगको समन्वयनमा आयकर सम्बन्धि अन्र्तक्र्रिया कार्यक्रम गर्ने, बैंक तथा इन्स्योरेन्स कम्पनीसंग मिलेर व्यवसायीलाई बैंङ्किङ कारोबारमा सहजीकरण गर्ने, संघमा आवद्ध व्यवसायीको व्यावसायीकता मजबुत गर्न इन्स्योरेन्स गराउने, स्वास्थ्य शिविरको आयोजना तथा व्यावसायीको निशुल्क स्वास्थ्य परिक्षण गराउने, रक्तदान कार्यक्रम लयागतका विविध सामाजिक र साँस्कृतिक कार्यक्र्रम आयोजना हुने उनले जानकारी दिए ।
नेपाली पोशाकको व्यापार बढाउन विभिन्न क्षेत्रमा शाखा विस्तार गर्ने तयारी समेत भइरहेको उनको भनाई छ ।
उनले तयारी पोशाकको व्यापार बढाउन सम्बन्धित सरोकारवाला निकायसंग पनि सम्मन्वयन गरेर काम गर्ने बताए ।
उनले ललितपुरका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहकार्यमा विभिन्न सामाजिक क्रियाकलापहरु संचालन गर्नुको साथै समृद्ध राष्ट्र निर्माणको लागि व्यवसायी मैत्री वातावरण बनाउन भूमिका निर्वाह गर्दै आएको पनि उल्लेख गरेका छन् ।
अध्यक्ष श्रेष्ठले यो संस्थाले ललितपुर उद्योग वाणिज्य संघ ललितपुर च्याम्बर अफ कमर्श लगायत विभिन्न वस्तुगत संघ संस्थाहरुसँग मिलेर व्यापारी वर्ग र ललितपुर जिल्लालाई विकास गर्न विभिन्न किसिमको कामहरु पनि गर्दै आएको बताए ।