राधिकाको ’रिमझिम’मा करुणा र कुन्साङको रोमान्स ( भिडियो )
काठमाडौं – गायिका राधिका बिष्टको सुमधुर स्वरमा सजिएको ’रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिष्टको शब्द, संगीत रहेको छ। गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन्।
२०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन्। बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।
निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायिका बिस्टको युट्युव च्यानल ’राधिका बिस्ट’ मार्फत सार्वजनिक गरिएको हो।
भिडियो लिंकस् जततउकस्ररथयगतग।दभरनउढभढध्तहएद्यअ