भ्रष्टाचारीलाई बागमतीमा चोपल्नुपर्छ : महानगर प्रमुख साह
काठमाडौं। काठमाडौं महानगरपालिकाकाप्रमुखबालेन साहले भ्रष्टाचार विरुद्ध नागरिकले गरेको खबरदारीले मात्रै कारर्बाहीहुनेमाआशंकाव्यक्त गरेका छन् ।
शनीवार राती सामाजिक सञ्जाल फेसबुक बाट उनले भ्रष्टाचारी विरुद्धमा मुखखोले । तर, आमनागरिकले भ्रष्टाचार विरुद्ध गरेको खबरदरीलाई सडक नाटकको संज्ञा दिएकाउनले सरकारले कारबाहीगर्नेप्रतिआशंकाव्यक्तगर्दै प्रर्दशनभन्दासिधा कारबाहीगर्नुपर्ने बताएका छन् ।
उनले नेतालाई नीतिबनाउनलाईभोट दिएर जिताएर पठाएको भन्दै जनताले नै कारबाहीगर्नुपर्ने आशयको धारणा व्यक्त गरेका हुन् ।
‘‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ??
को नेताहो थाह छ ?
घर कहाँहो थाह छ ?
सिधै लगेर बागमतीमाचोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउँदिन म चाँही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेताबनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाहीगर्नलाई हो, सिधै कार्बाहीगर्ने नितीबनाउनलाई हो ।’’ बालेनले भनेका छन् ।
सामाजिक सञ्जालमासमसामयिकविषयमा सक्रियरहने साहले फेसबुकमार्फत् सरकारले भ्रष्टाचारीलाई कार्बाहीगर्नेमाआशंकाव्यक्त गरे ।