आज किँरात राई समुदायले उभौली पर्व मनाउँदै
काठमााडौं । आज वैशाख शुक्ल पूर्णिमा, देशभर रहेका किराँत राई समुदायमा प्रकृति (भूमेस्थान)को पूजा आराधना गरी उभौली पर्व मनाइँदै छ ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि गर्मी छल्नलाई उँभो लाग्ने किराँत समुदायको मान्यता छ । त्यसैले खेतीपाति राम्रो होस्,सबैको हित होस्,कसैलाई खाद्य समस्या नपरोस भन्ने उद्देश्यले शुक्रवार काठमाडौं, ललितपुर लगायतका विभिन्न जिल्लाहरुमा चण्डी नाच्ने देखि विविध कार्यक्रम गरि हर्षउल्लासका साथ किँरात समुदायले उभौली पर्व मनाउँदै छन् ।
प्रकृतिलाई पुज्ने यो समुदायले जिवजन्तु र जनावरलाई पनि महत्व दिएका छन् ।
किराँत राई समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको उभौली आ–आफ्नै परम्परा अनुसार मनाउने प्रचलन रहिआएकाले चण्डी,साकेला जस्ता मौलिक नाच नाच्ने ,विविध परिकार बनाएर खाने तथा विधिवत रुपमा पूजाआरधना गरि पर्व मनाईंदै छ ।
पर्वको अवसरमा राष्ट्रपति प्रधानमन्त्री सभामुख लगायतले शुभकामना दिएका छन् ।