रेशम चौधरीको रिहाईले गणतन्त्रलाई हेर्ने नजर फेरियो : सचिव ज्ञावली
मङ्गलबार, जेष्ठ १६ २०८०
रेशम चौधरीको रिहाईले गणतन्त्रलाई हेर्ने नजर फेरियो : सचिव ज्ञावली
काठमाडौं । नेकपाएमालेका सचिवप्रदिप ज्ञावलीले रेशमचौधरिको रिहाईले पीडित परिवारले गणतन्त्रलाई हेर्ने नजर असन्तुष्टजनक भएको बताएका छन् ।
मंगलवार गणतन्त्र दिवसको सन्दर्भमाआयोजितअन्तरक्रियाकार्यक्रममाबोल्दै उनले भ्रष्टचारिलाई जेलको कठघरामाल्याउनु पर्ने बताए ।
‘रेशमचौधरी रिहाहुनुभयो हिजो मात्र तर हामीले गणतन्त्र दिवस मनाईरहँदाभालाले रोपेर मारीएको ती परिवारका आफन्त र टुहुरा बच्चामा गणतन्त्रमाथि नै अशन्तुष्ट भयो होला । भ्रष्टाचारीलाई जेलको कठघरामाल्याउन पर्छ । गणतन्त्र कुनै भ्रष्टाचारलाई जोगाउने खास्टो बन्न सक्दैन । देशको उच्चपदमा रहेका मानीसहरु आफ्नै देशकानागरिकलाई अनागरिक बनाएर शरणार्थी बनाउँनगृह मन्त्रालयमा बसेर प्रतिवेदन साटफेर गरेर यस्तो कामगर्ने भ्रष्टाचारको विषयमा डर लाग्दो कुरा हो । ’
उनले एमाले भ्रष्टाचारको काण्डमा अनुसन्धानगर्न सधैँ अगाडि बढ्न तयार भएको बताए । आफ्नै पार्टीको नेता परेको छ भने पनिजुनऔलामाविषलागेको छ त्यहिकाटेर फालिन्छ तर सिङ्गो शरिर समाप्तहुनदिननसक्ने उनको भनाई छ ।