नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादी आङ टावा शेर्पाको बयान (पूर्णपाठ सहित)
प्रतिवादी आङ टावा शेर्पाले भूटानी शरणार्थी प्रकरणमा आफूले नरेन्द्र केसी बाट एक करोड नलिएको र राजु भण्डारीलाई पनि तीस लाख रुपैयाँ नदिएको बयानको क्रममा बताएका छन् । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको बयानमा प्रतिवादी शेर्पाले आफूले उक्त प्रकरणमा सानु भण्डारी र केशव प्रसाद दुलाललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेपछि मात्रै संगठित अपराधको बारेमाथाहा पाएको बयान दिएका छन् ।
यस्तो छ, आङ टावा शेर्पाले प्रहरीलाई दिएको बयानको पूर्णपाठ । (जस्ताको तस्तै)
प्रतिवादी प्रतिवादीहरु मध्ये केशव प्रसाद दुलाललाई निज सुजाता कोईरालाको निजी सचिव हुँदा चिनेको, सानु भण्डारी जग्गाको र हाईड्रोपावरको काम गर्ने भएको हुनाले निजलाई १६÷१७ महिना अघि चिनेको हो । नरेन्द्र के. सी. लाई बालकृष्ण खाँणको पिए भएकोले रबालकृष्ण नेपाली काँग्रेसको नेता भएकोले चिनेको छु । निजहरुबाहेक टोपबहादुर रायमाझीको नाम सुनेको हो । अन्य प्रतिवादीहरुसंग मेरो चिनजान छैन । जायरवालाहरु समेतका नेपाली नक्कली भूटानी बनाई अमेरिका लैजाने भनि ठगी गरेको कसूरमा सानु भण्डारी र केशव प्रसाद दुलाललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेपछि मैले प्रस्तुत एवं संगठित अपराधको बारेमा थाहा पाएको हो ।
जिल्ला प्रहरी परिसर टेकुको प्रहरी हिरासतमा राखेको बेला भेटेको हो, के कुन मितिमा भेटेको भन्ने कुरा मलाई याद छैन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरीका पठाई दिने भनि पिडितहरुबाट प्रतिवादीहरुले रकम लिएको बारेमा मलाई थाहा छैन् । म ठगी गर्ने कार्यमा परिपञ्चमिलाउने, रकम लिने र खाने तथा ठगी गरेको रकम राख्ने समेतका कार्यमा मेरो संलग्नता छैन् ।
मैले सानु भण्डारी र केशव प्रसाद दुलाललाई निजहरु पक्राउ परि जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको बेला भेटेको हो । निजहरुलाई भेटेर पिडितहरुको रकम फिर्ता गरिदेउ । तत्काल रकम फिर्ता गर्न नसके पछि फिर्ता गर्ने गरि कागज गरेर पनि मिलाउन सकिन्छ । हिरासतमा बसेर मुद्दा मामिला गरेर फाइदाहुँदैन भनेर सम्झाएको हुँ ।
मैले नरेन्द्र के.सी.बाट रु.१,००,००,०००)–(एक करोड) रकमलिएको होईन् । मैले राजु भण्डारीलाई ३०,००,०००)–(तीस लाख) रकम दिएको पनि छैन । राजु भण्डारीलाई मैले चिनेको पनि छैन, भेटेको पनि छैन । मैले चिन्दै नचिनेको र भेट्दै नभेटेको मानिससँग कारोबार र व्यवसायिक साझेदारी हुने कुरै भएन । सानु भण्डारीले १ वर्ष अघि मेरो गज्र्याङ हाइड्रोपावर कम्पनी लि. रामेछाप र खीम्ति दोश्रोमा लगानी गर्ने कुरा गरेका थिए । तर निजले कुनै लगानी पनि गरेनन । राजु भण्डारीले मबाट रु.३०,००,०००।– (तीस लाख) रकमपाएको भन्ने भरपाईको बारेमामलाई थाहा छैन । मिति २०८०÷०२÷०१ गते म जिल्लाप्रहरी परिसर टेकुमाउपस्थित भएपछि मैले अनुसन्धानअधिकृत समक्ष गरेको कुराकानीको भिडियो रेकर्ड देखें, सो कुरा मैले बेहोसी र करकापमा गरेको हुँ । मैले अनुसन्धानअधिकृत समक्ष गरेको कागजपनि मैले बेहोसी र करकापमा गरेको हुँ। राजु भण्डारीलाई मैले भेटेको र चिनेको पनि छैन, तर निजले म बाट रु.३०,००,०००।– (तीस लाख) लिएको भनेर किन लेखाएमलाई थाहाछैन। गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होईन, मैले यस्तो कार्य सोच्नपनि सक्तिन ।।