विदेशमा उपचार गर्दा खर्च नदिने ऐन कार्यान्वयनमा ल्याउन उपेन्द्र यादवको माग
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विदेशमा उपचार गर्न सरकारले खर्च नदिने भन्नेऐन कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
मंगलबारप्रतिनिधिसभाको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा सांसद यादवले सार्वजनिक पद धारण गरेका व्यक्ति वा उनका परिवारले सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाबाहेकका सस्थाबाट सेवा लिन नमिल्ने भन्दै उक्त ऐन कार्यन्वयनमा ल्याउन माग गरेका हुन् ।
उनले भने ‘कुनै पनि नागरिकलाई विदेशमा उपचार गर्न सरकारले खर्च नदिने भनेर ऐन बनिसकेको छ । तर त्यो ऐन अहिले कार्यान्वयनमा छैन, सार्वजनिक पद धारण गरेका व्यक्ति वा उनका परिवारले सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाबाहेकका सस्थाबाट सेवा लिन मिल्दैन । त्यस्तो प्रबन्ध गर्ने कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्छ ।’
अध्यक्ष यादवलेकृषि क्षेत्रमा व्यापक लगानी बढाउनेगरी बजेट ल्याउनुपर्ने पनि बताए । अहिले देशको अर्थतन्त्रको प्रमुख चुनौती भनेकै संगठित भ्रष्टाचार रहेको उनको भनाइ छ । उनले जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य गर्न पनि माग गरे।