थप १०६ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमाथप १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले वितेको २४ घण्टामा १ हजार ४ सय ८८ जनाको नमुना परीक्षण गरिएकोमध्ये१०६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । ५ सय ४१ जनाको पीसीआर र ९४७जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
योसँगै सक्रिय संक्रमितको संख्या ४ सय ३५ जनापुगेको छ।
संस्थागतआइशोलेशनमा २७जना, आइसीयूमा १२ जना र ३ जनाको भेन्टिलेटरमाउपचार भइहरेको मन्त्रालयले जनाएको छ।