अन्योल बन्यो त्रिचन्द्र र अमृत साइन्स क्याम्पसको स्ववियु चुनाव
त्रिचन्द्र क्याम्पस र अमृत साइन्स क्याम्पसको स्ववियु चुनाव अन्योल देखिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव तोकिएपनि विद्यार्थी संगठनको आन्तरिक झगडाले चुनाव अन्योल भएको हो ।
अमृत साइन्स क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गत फागुन २८ गते ताला लगाएपछि चुनाव अन्योल भएको छ । एमाले निकट अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी, स्ववियु सदस्य पंकज पाण्डे, गोपालजंग शाही र दिनेश सिंग्देललाई फौजदारी अभियोग लागेकाले उम्मेदवारी खोरेजी गर्न अखिल क्रान्तिकारीले माग गरेको थियो ।
तर, क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार खारेज नगरेर कायमै राखेपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । लगत्तै अनेरास्ववियुले अखिल क्रान्तिकारीलाई काउन्टर दिँदै क्याम्पस प्रमुखलाई स्ववियु अध्यक्षको उम्मेदवार ६ फिट उचाइ भएको हुनुपर्ने माग राखेको छ । अखिल क्रान्तिकारीले अनावश्यक माग राखेको भन्दै त्यसलाई काउन्टर दिन स्ववियु अध्यक्ष ६ फिटको स्ववियु अध्यक्ष हुनुपर्ने माग राखेको हो ।