पोखरामा बस दुर्घटना
पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ ।
करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको छ भने थप जानकारी आउन बाँकी रहेको छ ।