मनहरीमा हात्तीको आक्रमणबाट एक वृद्धा घाइते
मनहरी गाउँपालिका–४ मसिनेमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धा घाइते भएकी छन् । सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी ६४ वर्षीय राधा अधिकारीलाई हात्तीले आक्रमण गरेको स्थानीय श्रीकृष्ण ढकालले जानकारी दिए ।
घाइते अधिकारीको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि सो क्षेत्रमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको थियो ।