आगोमा जलेर गुल्मीकी ८३ वर्षीया महिलाको मृत्यु
गुल्मीकी इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी ८३ वर्षीया पवित्रा खत्रीको आगोमा जलेर मृत्यु भएको छ । उनीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
आइतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए ।