अष्ट्रेलियाका कप्तान आरोन फिन्चद्वारा सन्यासको घोषणा
अस्ट्रेलिया कप्तान आरोन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। न्युजिल्यान्डविरुद्ध उनले अन्तिम तथा १४६ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछन्।
अर्को महिना घरेलु मैदानमा हुने टी–२० विश्वकपमा भने उनले अष्ट्रेलियाको कप्तानी जारी राख्नेछन्।
गत वर्ष आरोन फिन्चको कप्तानीमा अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि जितेको थियो।