धनगढीमा कांग्रेसलाई अन्तर्घातको डर, एमाले र स्वतन्त्र उम्मेदवार आशावादी
सुदूूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र, अस्थायी राजधानी र एक मात्र उपमहानगरपालिका धनगढीको मेयरका लागि नौ जना उम्मेदवार छन् ।
नेपाली कांग्रेसले निवर्तमान मेयर नृपबहादुर वडलाई उम्मेदवार बनाएका छन् र उनलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुले समर्थन गरेका छन् । नेकपा एमालेले रणबहादुर चन्दलाई उम्मेदवार बनाएको छ भने विगतका निर्वाचनमा प्रतिस्पर्धी मत ल्याएका गोपाल हमालले यस पटक पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
वडले ०७४ मा आफूले पाएको मत जोगाउन र गठबन्धनमा रहेका दलको मत पाएमा जित हासिल गर्न सक्नेछन् । तर उनका लागि यही विषय मुख्य चुनौती छ, जुन मेयर पदका अरु उम्मेदवारका लागि अवसरसमेत हुन सक्नेछ ।