अष्ट्रेलियामा विदेशी विद्यार्थीको आवेदनमा नेपाल पहिलो, उछिन्यो भारत र चीनलाई
पछिल्लो ३० वर्षयता अष्ट्रेलियाको आप्रवासनको मुख्य संवाहकको रुपमा विदेशी विद्यार्थीहरु रहेका छन् ।
सन् २०२१ मा अष्ट्रेलियाको खुद आप्रवासन ऋणात्मक रहेकोमा सन् २०२४ सम्ममा दीर्घकालीन खुद आप्रवासन वार्षिक २ लाख ३५ हजार पुग्ने प्रक्षेपण गरिएको छ । तर उक्त प्रक्षेपित लक्ष्य पूरा हुने नहुने कुरा विदेशी विद्यार्थीको संख्यामा निर्भर हुनेछ । त्यस्तै यो लक्ष्य कसरी पूरा हुन्छ भन्ने कुरा पनि आप्रवासनको स्तरजत्तिकै महत्वपूर्ण हुनेछ ।
विश्वव्यापी आर्थिक संकटसँगै खुद आप्रवासनमा विदेशी विद्यार्थीको योगदान तीव्र गतिले घट्दै गयो जुन सन् २०१२।१३ मा Knight Review का सुझावको कार्यान्वयनसँगै बढ्न थाल्यो ।
सन् २०१४।१५ देखि अष्ट्रेलियाको खुद आप्रवासनमा विदेशी विद्यार्थीहरुको हिस्सा ४० प्रतिशत रहेको छ । कोरोना भाइरस महामारी सुरु हुनु अगाडि सन् २०१८।१९ मा अष्ट्रेलियामा विदेशीहरुको खुद आप्रवासनमा विदेशी विद्यार्थीको हिस्सा करीब ४७ प्रतिशत पुगेको थियो ।