५० भन्दा बढी नेताका घरमा आगजनी श्रीलंकाका निवर्तमान प्रधानमन्त्रीसहित
श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ ।
आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए । सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरुलाई सो घरबाट उद्धार गरेको थियो ।