फिल्म बनाउँदै दीपक रौनियार मास्टरसेफ सन्तोष साहमाथि
चर्चित नेपाली सेफ सन्तोष साहको जीवनमाथि फिल्म बन्ने भएको छ । ‘सेतो सूर्य’ फेम्ड निर्देशक दीपक रौनियारले उक्त फिल्मलाई निर्देशन गर्ने भएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै निर्देशक रौनियारले फिल्म निर्माणबारे संवाद सुरु भएको बताए । ‘कन्भर्सेसन सुरु भएको छ । कहिलेदेखि फिल्म सुरु हुन्छ भन्नेबारे टुंगो लागिसकेको छैन,’ रौनियारले भने, ‘न्यारेटिभ, डकुमेन्ट्री र डकुड्रामा कुन फिल्म बन्छ निधो लागिसकेको छैन ।’ तर फिल्म निर्माण निश्चित भएको उनले बताए ।
अहिले नेपालमा रहेका साह र रौनियार दुवैले भेटघाट गर्दै फिल्म निर्माणको छलफल थालेका हुन् । फिल्ममा १४ वर्षको उमेरमा भारत पसेका सन्तोषको मास्टरसेफसम्मको यात्रालाई चित्रण गरिने जनाइएको छ ।