अफगानिस्तानमा चरम भोकमरी
अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्खया देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।
करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ ।
अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ ।