मेघराज केसी यू–२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त
अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक कमिटीले यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।
आसन्न एएफसी यू–२० एसियन कप छनोटका लागि एन्फाले केसीलाई टिमको जिम्मेबारी दिने निर्णय गरेको हो । एन्फाले केसीलाई प्रशिक्षक नियुक्ति गर्ने निर्णय मंगलबार नै गरेको हो ।केसीले सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि छिट्टै प्रशिक्षण सुरु गर्ने बताएका थिए । एन्फाले यू–२० फुटबल खेलाडी छनोटका लागि जेठ २० गतेको सूचना जारी गरेको थियो ।