अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान सहयोग दिने
अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान दिने निश्चित भएको छ ।
आगामी ५ वर्षभित्र खर्च गर्ने गरी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसआईडी)मार्फत नेपालले यो रकम प्राप्त गर्ने भएको छ ।
अर्थ मन्त्रालायमा बिहीबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख इश्वरीप्रसाद अर्याल र यूएसआईडीका नेपाल निर्देशक सेपीदेश केवंशदले सहयोग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो रकम नेपाललाई मध्यम आययुक्त मुलुकमा स्तरोन्नती हुने नेपालको प्रयासमा खर्च हुने बताइएको छ ।