खेलाडीहरुले भने : अल्मुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो छ
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टिमको प्रशिक्षण छाडेको भन्दै १० जना खेलाडीले उनको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन गाह्रो रहेको बताएका छन् ।
सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले टिमबाटै निकालेको भन्दै खेलाडीहरुले गरेको पत्रकार सम्मेलनमा उनीहरुले यही प्रशिक्षक रहेमा टिममा फर्किन नसकिने बताए
अखिल नेपाल फुटबल संघ एन्फको सातदोबाटोस्थित होस्टलमा बस्न धेरै नै समस्या रहेको भन्दै आफूहरुलाई होटलमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्दा प्रशिक्षकले रोहित चन्दलाई निकालेको खेलाडीले बताए ।
‘त्यसबारेमा कुरा गर्न खोज्दा उहाँले छाडेर जाओ भन्नुभयो’, खेलाडी अनन्त तामाङले भने, ‘अब यही कोचले प्रशिक्षणामा बोलाए हामीलाई गाह्रो हुन्छ ।’