कार्यान्वयन गर्ने निकाय इमान्दार नुहँदा चुरे दोहन भइरहेको छ : मुख्यमन्त्री राउत
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै पनि दैनिक चुरे दोहन भइरहेको बताएका छन् । चुरे दोहन गर्नेमाथि कार्वाही नगरिएको उनको भनाई छ ।
शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले चुरे दोहनमा प्रयोग हुँदै आएका स्काभेटर, टिपरसहितका उपकरण नियन्त्रणमा लिनुपर्नेमा नलिइएको बताए ।
बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाए पनि मधेश प्रदेशमा बिना रोकटोक निकासी भइरहकेो उनले बताए । उनले भने, ‘चुरे दोहन रोक्न सरकारले नीति नियम बनाउने हो’ उनले भने, ‘तर, कार्यान्वयन गर्ने निकाय नै इमान्दार भएन ।’
बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने बताउँदै उनले तत्काल यो कार्य रोक्नुपर्नेमा जोड् दिए ।