श्रीलंकामा देशव्यापी कर्फ्यू
श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ।
आर्थिक मन्दीका कारण खाद्यान्न र इन्धन अभावको विरोधमा भइरहेका हिंसात्मक प्रदर्शनले उग्र रूप लिएपछि सरकारले कर्फ्यूको घोषणा गरेको हो।
राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले जनाएको छ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास अगाडि प्रदर्शनकारीले हिंशात्मक प्रदर्शन गरेकाले थप क्षति हुन नदिन कर्फ्यू लगाइएको हो।
यसैबीच राष्ट्रपति राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनुपर्ने बताउँदै आएका छन्।
सरकारले शुक्रबारदेखि नै आपतकाल घोषणा गरिसकेको छ।
राष्ट्रपति राजपक्षले सार्वजनिक सुरक्षा, सार्वजनिक