केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि कोइराला समूहको छलफल
नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक बालुवाटारमा सुरू भएको छ।
स्थानीय तहको निर्वाचन, एमसिसीलगायत समयसामयिक राजनीतिका विषयमा कोइरालाले आफ्नो समूहका नेताहरूसँग छलफल गर्न बैठक बोलाएका हुन्।
बैठक बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा चलिरहेको नेताहरूले बताए।
बैठकमा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारी, बलबहादुर केसी, अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाललगायत रहेको स्रोतले बतायो।