प्रधानन्यायाधीशका भाइ प्रभु शमसेरविरूद्ध सम्पत्ति शुद्धिकरणमा उजुरी
डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभु शमशेरले गैरकानुनी असुली र अवैध स्रोतको आम्दानीबाट घरजग्गा जोडेको भन्दै पुरक उजुरी दिएका छन्।
उनले दुई वर्ष यता काठमाडौंको ठमेलस्थित १०८५ कित्ता नम्बरको आठ आना घर जग्गा र गोठाटारस्थित १२४ र ३३ कित्ता नम्बरको साढे तीन रोपनी जग्गा जोडेको उजुरीमा उल्लेख छ।
३० करोड बढी मूल्य पर्ने ती घरजग्गा प्रभु शमसेरले गैरकानुनी असुली र अन्य अवैध स्रोतको आम्दानीले किनेको डाक्टर केसीको उजुरीमा उल्लेख छ।
यसअघि केसीले प्रधानन्यायाधीश राणाको परिवार र नातेदार लगायतको अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए।
त्यसपछि उनले राणा पत्नी रेजी राणाको नाममा काठमाडौंको ठमेल, धुम्बाराही र भाटभटेनीका घरजग्गाको विवरण खोजेर तिनको समेत अनुसन्धान गर्न विभागमा निवेदन दिएका थिए।