युक्रेनमा रुसी गोलाबारी, कम्तिमा ८ जनाको मृत्यु
युक्रेनमा रुसले गरेको गोलाबारीमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ ।
प्रारम्भिम विवरण अनुसार हालसम्म युक्रेनमा रुसी गोलाबारीबाट कम्तिमा आठ जनाको मृत्यु भएको रोइटर्स समाचार माध्यमले जनाएको हो ।
युक्रेनी गृह मन्त्रीका एक सल्लाहकारले आठ जनाको ज्यान गएको र ९ जना घाइते भएको बताएका हुन् ।
बिहीबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाही सुरु भएको घोषणा गरेलगत्तै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी फौज प्रवेश गरिसकेका छन् ।
बेलारुसको सीमाबाट समेत रुसी फौज प्रवेश गर्न थालेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।