सभामुख र गृहमन्त्रीबीच सिंहदरबारमा भेट
सभामुख अग्नि सापकोटा र गृह मन्त्री बालकृष्ण खाणबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रतिनिधि सभाको आजको बैठक स्थगित भएपछि कांग्रेस नेताहरूसहित प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूसँग संसद भवनमै छलफल गरेका थिए।
बानेश्वरमा कांग्रेस-एमाले नेताहरूबीच छलफल चलिरहँदा निस्किएका सभामुख सापकोटा र गृहमन्त्री खाणबीच सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेट भएको हो।
भेटमा संसदमा टेबल भएको एमसिसीका विषयमा छलफल भएको थियो।