बाबुराम भट्टराईको बेलामा एमसीसी भित्र्याइयो : भीम रावल
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्ने दोहोर्याएका छन्।
एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरु, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई एउटा स्मृतिपत्र लेख्दै उनले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण गरे।
प्रधानमन्त्रीले वा दलका नेताहरुले विदेशीको दबाब सुनेर एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने बताए।
उनले संसद्मा एमसीसी प्रस्तुत भए आफू त्यसको विरुद्धमा मतदान गर्ने बताए।
उनले आफूले एमसीसीको बारेमा थाहा पाएदेखि नै आवाज उठाएको स्पष्ट पारेका छन्। एमसीसीको बारेमा आफू यसअघि मन्त्रिपरिषद्मा हुँदा जानकारी नगराईएको उनले दाबी गरे।
एमसीसीबारे आफ्नो धारणा व्यक्त गर्दै डा. रावलले नेपालमा संविधानसभाबाट संविधान निर्माणको काम भइरहेका बेला डा. बाबुराम भट्टराईको बेलामा एमसीसी भित्र्याइएको दाबी गरे ।