भदौ २३ मा राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन आह्वान
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छन्। शनिबार बसेको मन्त्रिपरिषद बैठकले दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने प्रचलन छ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को भदौ १९ को सिफारिसमा भदौ २३ गते बुधबार अपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको हो।