११ वर्षीया छोरीमाथि पटक-पटक बलात्कार गरेको आरोपमा बुवा र काका पक्राउ
गोरखामा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बुवा र काकालाई पक्राउ गरेको छ।
पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खबरपछि प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
उनका अनुसार बालिकामाथि डेढ वर्षदेखि पटक-पटक बलात्कार भएको थियो। बालिकामाथि बलात्कार भए पनि उनले घटनाबारे खुलाएकी थिइनन्।
बालिकाकी आमाले पहिले श्रीमानलाई छाडेर गएकी थिइन्। आमाले घर छाडेपछि बुवा नै बालिकाको संरक्षक भएका थिए।
पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खबरपछि प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। उनका अनुसार बालिकामाथि डेढ वर्षदेखि पटक-पटक बलात्कार भएको थियो। बालिकामाथि बलात्कार भए पनि उनले घटनाबारे खुलाएकी थिइनन्।
बालिकाकी आमाले पहिले श्रीमानलाई छाडेर गएकी थिइन्। आमाले घर छाडेपछि बुवा नै बालिकाको संरक्षक भएका थिए।
प्रहरीले बालिकाकी बुवालाई घरबाटै र काकालाई तनहुँबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरी अघि बढाएको छ।
त्यस्तै, बालिकाको स्वास्थ्य अवस्था पनि सामान्य भएको प्रहरीले जनाएको छ। बालिका फुपूको संरक्षणमा छिन्।