नेपालमा कोरोना संक्रमण पुन: बढ्न थालेको विषयमा भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
पछिल्लो समय नेपालमा कोरोनाा संकम्रण दर पुन:उकालो लाग्दै गइरहेको छ । गत बैशाख १६ गते देखि जारी निषेधआज्ञा खुकुलो भएसँगै केही समय स्थिर रहेको संक्रमण दर पुन उकालो लाग्न सुरु भएको छ । यसले फेरी पुन: लकडाउन हुने होकी भनेर सबैतिर त्रास बढेको छ । पछिल्लो दीनमा बढ्दै गएको भीडभाड र मानिसको चहल पहलले गर्दा संक्रमण दर बढेको स्वास्थ्य विभागले दावी गरेको छ ।
यहि विषयमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ८७ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरु दीन प्रती दीन बढ्दै गइरहेको संक्रमण दर हेर्दा पुन: तेस्रो लहर सुरु भएको हो , तपाइको विचारमा कोरोना संक्रमण नियन्त्रण गर्न फेरी लकडाउन होला की नहोला जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :