समाजसेवी बिनिता ढुङ्गानाद्धारा जन्मदिनमा वृक्षारोपण
समाजसेवी बिनिता ढुङ्गानाले वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ । जन्मदिनको नाममा लाखौं रकम र फजुल खर्च गरेर साथिभाई संग पार्टी मनाएर जन्मदिन मनाउने गरेको आफूलाई मन नपर्ने भएकोले ढुङ्गानाले सबैलाई फाईदा हुने परोपकारी काम विरुवा रोपेर जन्मदिन मनाउन लागेको ढुङ्गानाले बताउनु भयो ।
ढुङ्गानाले सानेपा स्थित वि पी स्मृती पार्कमा नेपाली कांग्रेस २ सानेपा इकाइ कमिटीको आयोजनामा वृक्षारोपण गर्नुभएको हो । कानुनविद्ध, राजनितिज्ञ तथा पूर्व अमेरीकी राजदुत स्व वाशुदेव ढुङ्गाना र समाजसेवी शिवा ढुङ्गानाको कोखबाट जन्मनु भएकी बिनिता ढुङ्गानाले विभिन्न सामाजीक संघसंस्थामा रहेर सामाजिक कार्य गर्दै आउनुभएको छ । पछिल्लो समय सुरक्षित नेपाल NGO मा कार्यरत ढुङ्गानाले धादिङ्ग, गोर्खा लगाएत विभिन्न जिल्लामा समाजसेवाको क्षेत्रमा ठूलो योगदान दिनु भएको छ ।
२६ वर्ष अगाडी आफ्नो बुवा वाशुदेव ढुङ्गानाले घरमा रोप्नुभएको एवोकैडो विरुवा बाटो हिड्ने वटुवालाई छाहारी दिनुका साथै फल पनि खान पाउने उद्येश्यले वृक्षारोपण गरेर जन्मदिन मनाउनु भएको हो ।
“हरियो वन, नेपालको धन ” भन्ने भनाईलाई सहयोग पुगोस् र आफ्नो स्वर्गीय पिता वाशुदेव ढुङ्गानाको सम्झना पनि होस् भन्ने उद्येश्यले पिताजीले २६ वर्ष पहिले घरमा रोप्नु भएको एवोकैडोको नयाँ विरुवा नै विपि पार्कमा वृक्षारोपण गरेको बताउनुभयो ।