भ्रममा नपरौं, स्वागत गर्न हतार नगरौँ- रामकुमारी झाँक्री
नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने बताएकी छन्।
चौध घन्टाको म्याराथन बैठकपछि आइतबार राति एमाले कार्यदलले दसबुँदे सहमतिपत्र सार्वजनिक गरेको थियो। उक्त सहमति पछि सोमबार बिहान सामाजिक सञ्जालमार्फत झाक्रीले ४ बुँदे धारणा राख्दै स्वागत गर्न हतारिनु आवश्यक नरहेको बताएकी छन्।
उनले अदालतमा निवेदकको रूपमा रहेका आफूहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेकी छन्।
‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन’, उनले भनेकी छन्।