लायन्स क्लव जोरपाटी द्धारा राहत वितरण
नयाँ लायन बर्षको सुरुवात सङ्गै पहिलो दिन जोरपाटी लायन्स क्लब,जोरपाटी लियो क्लब र लियो क्लब जोरपाटी सोसल वोर्करको आयोजनामा जोरपाटी लायन्स एकेडेमी,जोरपाटी,बेंसीगाउँ,ढोल्खाधारामा एकेडेमीमा अध्यनरत विद्यार्थीका अभिभावकहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ।
विहान ८ बजे देखी सुरु भएको राहत वितरण कार्यक्रममा हरेक विद्यार्थीका अभिभावकलाई राहतमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । कोरोना महामारीले काम र आम्दानी ठप्प भएका अभिभावकहरुलाई सहयोग पुर्याउने उद्येश्यले राहत वितरण गरिएको हो ।
समाजसेवी मधुकर राजभण्डारी, लायन सुर्य बज्र लामा, प्रजित कुमार लामा, बेबि लामा, लायन लव राम दाहाल, विनोद पुडासैनी अमेरिका निवासी गिता अधिकारी,विजयमान श्रेष्ठ मार्फत प्राप्त आर्थीक सहयोगबाट राहत वितरण गरिएको हो ।
बिहानै भारी मात्रामा वर्षा भएका पनि कार्यक्रममा लायन्स क्लबका अभिभावक पूर्व डिष्ट्रिक गभर्नर एमजेएफ, लायन कुमार राज सुवेदी, चीफ पिआरवो एमजेएफ लायन सुरेन्द प्रकाश बालाय,अध्यक्ष लायन बबिता लामा राजभण्डारी,निवर्तमान अध्यक्ष लायन देवनारायण चौलागाई,प्रथम उपाध्यक्ष लायन प्रकाश अधिकारी, क्लब सचिव लायन निराजन श्रेष्ठ, क्लब कोषाध्यक्ष लायन सरला सुवाल, सह कोषाध्यक्ष लायन यज्ञ उपेती माधव, पूर्व अध्यक्ष कुमार श्रेष्ठ, लायन राकेश चक्रधर, श्रीकृष्ण राज पुडासैनी,पूर्व अध्यक्ष एमजेएफ होमाकान्त चौलागाइ, लायन सदस्य ज्यु हरू गणेश कोइराला, कृष्ण माया बस्नेत, समिता श्रेष्ठ, सुस्मा सुवाल, लियोबाट निवर्तमान अध्यक्ष लियो आकाश अर्याल, मेम्बर लियो पुष्कर श्रेष्ठ लगायतका क्लबका पदाधीकारीहरुको र स्कूलमा पढाउन हुने शिक्षिकाहरुको उपस्थितीमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।
यसले केहि हदसम्म राहत पुगाउने सञ्चालकहरुको आशा छ ।