मनसुन फेरि सक्रिय
मनसुनी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महशाखाले आज देशभरि मनसुनी वायुको प्रभाव रहेको बताएको छ। त्यही कारणले अहिले प्रदेश नं १, गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका केही भू-भागमा साथै कर्णालीको थोरै भागमा भारी वर्षा भएको छ भने र अझै भारी वर्षा हुन सक्ने देखिएको छ।
‘आसपासका क्षेत्रमा रहेका खोला नाला बढ्न सक्ने, पहिरो जान सक्ने र बाटोहरू बन्द हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहोला,’ महाशाखाले भनेको छ।
महाशाखाका अनुसार मनसुनी वायु अझै केही दिन सक्रिय रहनेछ।