अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय
माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।
माओवादी केन्द्रको मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रको केन्द्रिय कायालयका सचीव श्रीराम खनालले अनलाइनखबरलाई जानकारी दिए ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता कुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।