आज कोशी, नारायणी, कन्काई, बागमतीलगायत नदीमा बहाव बढ्ने, सतर्क रहन अनुरोध
देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकोले आज पनि उच्च वर्षा भइरहेकाे छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकोले त्यहाँका नदीहरूमा सतह बढ्न गइ बाढीकाे जाेखिम हुनसक्ने जल तथा माैसम विज्ञान विभागकाे बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती लगायत नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पुर्वानुमान गरिएकाे छ । तसर्थ नदीतटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।