सहमतिको बाटोमा छौं, भोलिसम्म निष्कर्षमा पुग्छौं: प्रदीप ज्ञवाली
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्र देखा परेका विवाद भोलिसम्ममा समाधान हुने विश्वास व्यक्त गरेका छन्।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलको सिंहदरबारमा आज बसेको बैठकपछि ज्ञवालीले भोलिसम्म निष्कर्षमा पुग्ने तयारी रहेको बताए।
‘सहमतिको बाटोमा छौं, भोलिसम्म निष्कर्षमा पुग्छौं,’ ज्ञवालीले पत्रकारहरूसँग भने। केही दिनदेखि विवादित विषय हल गर्न भन्दै एमालेको कार्यदल बैठक बसिरहेको छ।
ज्ञवालीले छलफल सकारात्मक ढंगले अगाडि बढेको पनि बताए। उनले छलफल निष्कर्षउन्मुख रहेको बताएका छन्।
‘भोलि टुंग्याउने गरी हामी लागेका छौं,’ उनले भने।