निषेधाज्ञा जारी नै राखेर काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात खोल्ने तयारी
काठमाडौं उपत्यकाभित्र निषेधाज्ञालाई जारी नै राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरिएको छ।
यसका लागि आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन्।
ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार के-के खोल्न दिने भन्नेबारे आज बैठक बसेपछि आदेश जारी गरिन्छ। कोरोना भाइरसका संक्रमित संख्या घट्दै गए पनि जोखिम नघटेका कारण निषेधाज्ञा भने जारी नै राख्ने उनले बताए।