मेलम्ची बाढीपीडितलाई पुनर्स्थापना गर्न ५० लाखको कोष, सहयोग गर्न अपिल
मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालनमा ल्याएको छ।
संकटका बेला सहयोग गर्न नगरपालिकाले अपिलसमेत गरेको छ।
मंगलबार मेलम्ची र ईन्द्रावती खोलमा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो।
बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पुर्याएको नगरपालिकाले जनाएको छ।