सामान्य वर्षामै सिंहदरबार छेउको सडक जलमग्न
बिहीबार दिउँसो केहीबेर वर्षा हुँदा काठमाडौंको सिंहदरबारसँगै जोडिएको सडक जलमग्न भएको छ । सिंहदरबारको पर्खालसँगै जोडिएको पुतलीसडक न्युप्लास्थित सडक पुरै जलमग्न भएको छ । धेरैतिरको भल एकत्रित भएको र नाला पुरिएकाले सडक जलमग्न भएको हो ।
सडक जलमग्न हुँदा पैदलयात्री र गाडी चालकहरु समस्यामा परेका छन् ।