कर्णाली प्रदेश अस्पतालले थप संक्रमित भर्ना नलिने
कर्णाली प्रदेश सरकार मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमितलाई भर्ना नलिने जनाएको छ। शनिबार एक सूचना जारी गर्दै अस्पतालले भर्ना नलिने बताएको हो ।
‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड(१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ,’ अस्पताल निर्देशक डाक्टर डम्बर खड्काले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ।
अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था नरहेको भन्दै अस्पतालले थप संक्रमितलाई भर्ना नगर्ने निर्णय गरेको अस्पताल स्रोतले जनाएको छ । अहिले हाल करिब १०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ।