५ हजार ७६३ जना नयाँ कोरोना संक्रमित थपिए, १९ को मृत्यु
नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९६९ जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१४ हजार ४०३ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ५ हजार ७६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।