कर्णाली राजमार्गमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुल्लु नगरपालिका–३ कर्णाली राजमार्गको सियालामा जिप दुर्घटनामा परी जुम्लाको गुटिचौर गाउँपालिका–४ का जिप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको घटनास्थलमै मृत्यु भएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।
मंगलबार बिहान साढे ६ बजे ब्रेक फेल भई जिप कर्णाली राजमार्गबाट करिव ५०० मिटर तल भिरमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकालाई उद्धारकै क्रममा मृत्यु भएको र घटनाको प्रारम्भिक अनुसन्धान कार्य सुरु गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।
दुर्घटना लगत्तै उद्धारका लागि पाल्तडाबाट प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।