जेठ ९ गते प्रतिनिधिसभा अधिवेशन आह्वान गर्ने मन्त्रिपरिषद् निर्णय
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको छ । प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।
'जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको छ,' श्रेष्ठले कान्तिपुरलाई भने ।